Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Monday, August 10, 2020

धरान मा फेरी ९ जना मा संक्रमण पुष्टी संक्रमित को संख्या ५५ पुग्यो। समुदाय मा फैलिन थाल्यो संक्रमण।

 धरान मा फेरी ९ जना मा संक्रमण पुष्टी संक्रमित को संख्या ५५ पुग्यो। समुदाय मा फैलिन थाल्यो संक्रमण। 


बिश्व महामारी को रुप लिएर फैली रहेको कोरोना भाइरस धरानमा पनि तिब्र रुप मा फैली रहेको छ। यसको प्रकोप दिनानुदिन बढ्दै गएको छ। नेपाल सरकारले लकडाउन केहि रुप मा खकुलो गरे पछि झन् यसको संक्रमण तिब्र रुपले बढ्न थालेको हो। त्यस्तै धरान मा पनि फेरी आज थप ९ जनामा संक्रमण पुष्टी भएको छ।  यो संगै धरान मा संक्रमित हुने को संख्या ५५ पुगेको छ। थप संक्रमित मध्ये ४ जना भारतीय आर्मी रहेको र उनीहरु मध्धे ३ जना धरान १७ को एन्फाको क्वारेन्टाइनमा  मा रहेका छन् भने १ जना होम क्वारेन्टाइनमै रहेका छन्। त्यस्तै कोरोना भाइरस को संक्रमण क्वारेन्टाइन स्थल मा मात्र नभएर समुदायमा पनि देखिन थालेको छ। धरान का समुदाय हरु मा पनि संक्रमणहुने को संख्या ३ छ भने संक्रमित हुने हरुमा धरान १० का १६ र २० बर्सिय युवतीहरु र त्यस्तै धरान १९ क ४० बर्सिय पुरुष रहेका छन्। तिब्र रुप ले फैली रहेको कोरोना भाइरस का कारणले गर्दा अस्पताल मा समेत बेड खाली नरहेको र उनीहरुलाई होम आइसोलेसनमै राखिएको  भन्ने जानकारी स्वास्थ्य महासखा प्रमुख उमेस मेहेता ले दिनु भयो। 

No comments:

Post a Comment