भदौ ३ गते सम्म थपियो धरान मा लकडाउन ।
कोरोन भाइरस को जोखिम तिब्र रुप मा बढ्न थाले पछि धरान उप-महानगरपालिक ले धरान मा दोस्रो पटक साउन २२ गते बाट लकडाउन लागु गरेको थियो। लकडाउन गरे पश्चात पनि धरान मा संक्रमित को संख्या बढ्दो रहेको र संक्रमण समुदाय मा फैलिन थालेको छ। संक्रमण लाई न्युन बनाउनका लागि धरान मा अझै लकडाउन बढाउनु नै उचित रहेको कुरा स्वस्थ बिज्ञा हरुले बताउदै आइरहेका छन्। आज राति लकडाउन को समय अबधि सकिने भएता पनि बिहान कार्यपालिका मा बसेको बैठक ले धरानमा फेरी भदौ ३ गते सम्मका लागि लकडाउन को समय अबधि बढाएको हो। लकडाउन को समय अबधि बढाए संगै आन्तरिक उत्पादन लाई भने कै सहजीकरण गरिने निर्णय पनि कार्यपालिका ले गरेको छ। धरान को विष्णुपादुका,पाचकन्या, बसन्तटार को सागसब्जी र दुध लाई सहजीकरण गर्ने भएको छ भने धरान बाहिर बाट आउने सम्पूर्ण खाधान्न, तरकारी, मा पूर्ण रोक लगाएको छ।



No comments:
Post a Comment