धरानमा बन्दाबन्दि को समयमा कालोबजारी रोक्न खाध्य समान को मूल्य सुची सार्बजनिक।
कोरोन भाइरस नेपाल मा तिब्र रुपमा बढ्न थालेको छ। संक्रमण व्यक्ति मा मात्र नभएर समुदय मा फैलिन थाले पछि नेपाल मा पूर्ण दोस्रो पटक लकडाउन गरिएको थियो । लकडाउनले जन जीवन मा धेरै नै संकट बढाई रहेको बेला पनि ब्यापारीहरुले आफ्नो कमाउ धन्दा चलाई रहेका छन्। ब्यापारी हरुले खाद्य समाग्री को वास्तविक मूल्य भन्दा बडी मूल्य लिएर समान हरु बिक्रि गरेको पाइए पछि धरान उपमहानगरपालिका ले ग्राहक हरु यसको सिकार मा नपरुन भनेर दिन रात अनुगमन गरि रहेको छ। त्यसै बिचमा धरान कृषी बजार उपज संस्थाले आज मुल्यासुची सार्बजनिक गरेको छ। आज को मूल्य सुची अनुसार "
रातो आलु ठुलो ८५ प्रति केजी ,
सेतो आलु ७५ प्रति केजी,
रातो आलु पुरानो ६५ प्रति केजी,
गोलभेडा सामान्य १२० प्रति केजी,
प्याज ४५ प्रति केजी,
मुल ४५ प्रति केजी,
बन्दा ३० प्रति केजी,
काउली १२५ प्रति केजी,
सिमि सिकिमे १२५ प्रति केजी,
सिमि सामान्य ११० प्रति केजी,
फर्सी पाकेको २५ प्रति केजी,
खोर्सानी अकबरे ४५० प्रति केजी,
हरियो खोर्सानी १४० प्रति केजी,
भेन्टा ८५ प्रति केजी,
लौका सानो ६० प्रति केजी,
लोकल लसुन २१० प्रति केजी,
अदुवा ९० प्रति केजी,
अदुवा पाना १२० प्रति केजी,
तिते करेला लोकल १२५ प्रति केजी,
भीन्डी लोकल ७५ प्रति केजी,
पर्बल लोकल ११५ प्रति केजी,
स्कुस ५० प्रति केजी,
स्कुस मुन्टा ५० प्रति केजी,
निगुरो दउठे ६० प्रति केजी,
निगुरो सानो मुठामा,
धनिया ठुलो मुठा ४५ ,
लोकल फर्सी ५० प्रति केजी,
बेसर चाना १९० प्रति केजी,
बेसर धुलो ३२० प्रति केजी,
कालो दाल (दाना ) १५० प्रति केजी,
स्याउ फुजी ३५० प्रति केजी,
स्याउ रेड्गोल २१० प्रति केजी रहेका छन् । यदी बजार मा मूल्य सुची भन्दा बडीमा बिक्रि वितरण गरिएको पाइएमा ९८४९२०८१४३ मा खबर गर्न सक्नु हुने छ।


No comments:
Post a Comment