सुस्मिता हत्याकाण्ड मा संलग्न सबै हत्यारा हरु सार्बजनिक। बलात्कार गर्ने प्रयास भएको रहेछ।।
गत वर्ष २०७६-१-१८ गते सुस्मिता र रुपेन्द्र थापा बीच मा बिबाह भएको थियो। बैबाहिक सम्बन्ध मा बाधिएको कहिँ महिना न बित्दै ससुराली बाट घर फर्किने क्रम मा २०७६-६-२३ गते मोटरसाइकल दुर्घटना मा परेर रुपेन्द्र थापा को निधन भएको थियो। रुपेन्द्र थापा को निधन भएको ६ महिने काम गर्न भनेर रुपेन्द्र थापाको परिवारले घर मा बोलाएर सुस्मिता लाई टाउको मा ढुंगा प्रहार गरेर उसको हत्या गरेका थियो।
सुस्मिता को टाउको मा गहिरो घाउ अनि शरीर भरि चोट बनाइ आफनै घर को भान्सा मा उनको हत्या गरिएको थियो र त्यो भन्दा अगाडी पनि सुस्मितालाई आफै ससुराले जबरजस्ती करणी गर्न खोजेको कुरा पनि अनुसन्धान मा खुलेको छ।
हत्या मा संलग्न भएका सासु (तुलाषा थापा ), ससुरा (प्रकाश थापा ) र नन्धहरु (सीता थापा, दुर्गा थापा ) लाई प्रहरी ले हिरासत मा लिएर अनुसन्धान गर्दा घर परिवार सबै मिलेर सो हत्या गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्पूर्ण हत्यारा लाई सार्बजनिक गरेको छ ।


No comments:
Post a Comment