Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Wednesday, June 24, 2020

चितुवा को बच्चालाई घाटीमा बाधेर सडकमा डुलाउनु को वास्तबिक्ता यस्तो ।।

चितुवा को बच्चालाई घाटीमा बाधेर सडकमा डुलाउनु को वास्तबिक्ता यस्तो ।।

धरान, पर्बत को जलजला गाउपालिका ७ लम्गरा भन्ने ठाउँ बाट नियन्त्रण मा लिइएको चितुवाको बच्चा लाई घाटी मा बाधेर सडकमा डुलाइएको भिडियो येति बेला सामाजिक संजाल मा भाइरल भई रहेको छ । त्येस भिडियो मा प्रहरी र स्थानीयले चितुवाको बच्चा संग बाटो भरि नै फोटो खिची रहेका छन् । 

चितुवा को बच्चा लाई पहिलो पटक  स्थानीय महिलाहरुले जङ्गल मा घास काट्न जाने क्रममा देखेका थिए । अनि स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरी प्रसासनलाई खबर गरे अनि मिलन चौकीका प्रहरी आएर चितुवाको बच्चालाई सजिलै संग नियन्त्रण मा लिन सफल भएको थियो । तर सामाजिक संजाल मा भाइरल भएको फोटो र भिडियो को वास्तबिक्ता अरुनै रहेको छ ।
जिल्ला प्रहरी कार्यालय का इन्स्पेक्टर मनिष श्रेष्ठ ले चितुवाको बच्चा बिरामी भएको र अरुलाई आक्रमण गर्ने स्थितिमा न भएको कारण ले गर्दा सजिलै संग नियन्त्रण मा लिन सकिएको  र उसलाई डोरायेरा ल्याउदा समेत आक्रमणको प्रयास  नगरेको बताएका छन् । यति बेला चितुवाको बच्चा लाई जिल्ला बन डिभीजन कर्यालय मा राखिएर उपचार गरिरहेको छ । र उपचार पछि चितुवालाई चितवन राष्ट्र निकुञ्ज मा  पठाउने बताइएको छ ।

No comments:

Post a Comment