Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Monday, June 22, 2020

पर्यटन मन्त्रि प्रमुख अतिथि रहेको मिटिङमै १ मिनेट लामो प्रोन भिडियो चलेपछि ।

पर्यटन मन्त्रि प्रमुख अतिथि रहेको मिटिङमै १ मिनेट लामो प्रोन भिडियो चलेपछि ।

धरान, असार ८ गते पर्यटन क्षेत्र संचालन सम्बन्धि मापदण्ड र कोभिड-१९ अपरेसनल गाईडलाईन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टर कार्यक्रम सार्बजनिक गर्न का लागि सोमबार पर्यटन बोर्ड को बैठक बसेको थियो । कोरोना को महामरिले गर्दा थन्किएको पर्यटन क्षेत्रलाई उकास्ने उदेश्य ले ल्याइएको कार्यक्रम हो । पूर्व तालिका अनुसार सोमबार देउसो १ बजे बैठक सुरु गरिएको थियो ।

जसका प्रमुख अतिथि संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराई हुनुहुन्थ्यो । 
उक्त  मिटिङमा  संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराई ले बोल्ने पालो आएर बोल्न थालेको ५ मिनेटमै प्रोन भिडियो जूमको इन्टरफेसमा एक्कासी चल्न थाले पछि मन्त्रि बोल्न छोडे र मिटिङ आयोजक ले बोर्ड को कार्यक्रम बन्द गरेका थिए । उक्त मिटिङमा १ मिनेट जति अस्लिल भिडियो चलेको बताइएको छ । त्येस मिटिङमा २५९ जना को सहभागिता थिए । र  संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराई घटना को छानविन गर्न बोर्डलाई निर्देशन दिईसकेको छ ।

No comments:

Post a Comment