विजय शाही को झुट को पर्दाफास यस्तो रैछ सत्यता।
गत वर्ष मात्रै गिनिज बुकमा आफ्नो नाम लेखाएका विजय शाही एकाएक मिडिया मा देखिन थाले। उनले जत्रो सुकै किताब पनि सजिलै केहि मिनेट मै पढ्न सक्ने र जस्ता को त्यस्तै लेख्न पनि सक्ने भनेर डेमो पनि दिन थालेका थिए। उनले पहिलो पल्ट भाग्य नेउपाने को तात्तातो खबर बाट आफ्नो डेमो दिएका थिए। त्यस पश्चात उनले ऋषि धमला , राजेश हमाल लगाएत अरु धेरै को समू आफ्नो डेमो देखाएका छन्। जब उनलाई पहिलो पटक रिपोर्टर क्लब मा डेमो दिन भनेर बोलाइयो तर उनले आफु थकित भएको बहाना गरेर अरु कुनै दिन डेमो दिने भनेर त्यस बेला डेमो दिन मानेका थिएनन्।
त्यस पछि उनले हिजो २०७७-०५-२१ गते उनले फेरी रिपोर्टर क्लब मै गएर आफ्नो डेमो दिएका छन्। उनले डेमो दिने क्रम मा आफुले स्मरण गरेको कुरा लेख्न का लागि अर्को कोठा मा जानु पर्ने भन्ने कुरा ले सबै सामु संका उत्पन्न भएको थियो। उनले लेख्न भनेर गएको कोठा मा सोहि किताब मा लेखिएको जस्तै कार्बन कापी फेला परे पछि उनको झुटको पर्दाफास भएको हो। त्यस पश्चात उनलाई सामाजिक संजाल हरु मा " Best Actor Of The Year " को टाइटल दिने को संख्या एकदमै बडी छ।




No comments:
Post a Comment