डा गोबिन्द केसी लाई नेपाल प्रहरी ले अपहरण सैली गिरफ्तार गरे पछि युवा युवती सडकमा।
डा गोबिन्द केसी मेडिकल क्षेत्र का नायक हुन् उनले करिब २६ बर्षे सरकारी जागिर गरेर आफुले कमाएका सम्पूर्ण सम्पति गरिब र निमुखा जनता का लागि खर्च गरेका छन्। उनले सुधुर पश्चिम र कर्णाली का बिकट ठाउँ हरुमा गएर निशुल्क स्वस्थ सेवा दई रहेका छन्। उनले मेडिकल क्षेत्र मा आइ परेका समस्या, सुधार गर्नु पर्ने काम र देश का विभिन्न ठाउँ हरुमा मेडिकल कलेज हरु खोल्नु पर्ने माग राख्दै बेला बेला अनसन बस्ने गरेका थिए। उनले पहिले पनि धेरै पटक अनसन बसेता पनि उनको माग हरुलाई पुरा गर्ने आस्वासन देखाएर फेरी नेपाल सरकार आफ्नै ताल मा मस्त हुने गरेका थिए। धेरै पटक पनि उनको माग को सुनवाई नभए पछि उनले फेरी नेपाल सरकार लाई दबाब दिन का लागि पूर्ण अनसन बसेका बेला उनलाई नेपाल प्रहरी ले अपहरण सैली मा गिरफ्तार गरेको थियो। उनलाई गिरफ्तार गरेको भिडियो बहिरे पछि नेपाली जनता थप आक्रोसित बनि रहेका छन् भने सडक मा आन्दोलित समेत भएर सरकार लाई दबाब दिई रहेका छन्।
के उनीहरु को माग नेपाल सरकार ले सुन्ल्ला ?



No comments:
Post a Comment