Search This Blog

खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।

 खुसि को खबर कुलमान घिसिङ्ग को कार्यकाल थपियो।  नेपाल उर्जा मन्त्रालय का सीईयो कुलमान घिसिङ्ग को कार्यकाल मा देश लोडसेडिङ्ग मुक्त भएको थियो।...

Monday, June 15, 2020

अनन्त रुकुम घटना मा पिडित ले पाउने भए न्याए || स्थलगत प्रतिवेदन मा यस्तो देखियो ||

अनन्त रुकुम घटना मा पिडित ले पाउने भए न्याए || स्थलगत प्रतिवेदन मा यस्तो देखियो ||

रुकुम घटना मा आज एकदमै ठुलो खुलसा भएको छ । रुकुम जिल्ला मा भएको घटना को अनुसन्धान गर्ने क्रममा नेपाल प्रहरीले घटनाको सत्यतथ्य छानबिन गर्दा उक्त घटनामा  सम्लग्न सबैले नबराज लगाएत उनका ६ जना  साथीहरुलाई कुटपिट गरेर हत्या गरेको र अरुलाई घाइते बनाएको भन्ने निस्कर्स निकालेर अबियुक्त हरुलाई जिल्ला अदालत मा जन्म कैद हुने गरि मुद्दा दर्ता गराएको छ । उक्त घटनामा संलग्न भएका तेसै गाउका वडा अधक्क्ष्य लगाएत २९ जनालाई आज जिल्ला अदालत पुर्याएको छ । यसै घटनाको अनुसन्धान गर्न का  लागि नेपाल दलित पत्रकार महासंग पनि रुकुम जिल्ला पुगेर स्थलगत रिपोर्ट पेस गरेको छ ।


उक्त प्रतिवेदन एस्तो छ

सरकारी निकाएको पहल कदमी

जाजरकोट जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी लिएको |

जिल्ला अस्पताल जाजरकोट बाट पोस्टमार्टन रिपोर्ट तयार गरेको|

रुकुम जिल्ला प्रहरी ले अनुसन्धान गरिरहेको |

जिल्ला सरकारी वकिल को कार्यालय ले प्रक्राउ पारेक अभियुक्त हरुको वयान लिने कार्य भइरहेको छ|


स्थलगत अध्ययन का क्रम्म भेटिएक तथ्यहरु 

बिगत २ वर्ष देखि नवराज विक र सुस्मा मल्ल बीच प्रेम सम्बन्ध रहेको |

सोती घटना को मुख्य कारण जात नै हो भनने कुरा नवराज का छिमेकि इन्द्रबहादुर मल्ल तथा युबतिकी आमा प्रकासी मल्ल को भनाई बाट पुष्टी भएको देखिन्छ । ए डुम अस्तिको कुटाई ले पुगेन र आज तेरो लास जान्छ तथा तिमि मल्ल को सम्धी बन्न खोजेको भन्ने जस्ता कुराले विक परिवारलाई होच्याएको देखिन्छ ।

अन्तरजातीय प्रेमलाई मल्ल परिवारको अस्विकार्य भएकै कारण स्थानीय को कुटपिटबाट युवाहरुको मृत्यु भएको देखिन्छ।

घटना स्थलको प्रकृती हेर्दा भेरी नदीमा हाम फालेर बग्ने प्रकृति देखिदैन ।

घाइतेहरु मानसिक रुपमा बिक्षिप्त रहेको देखिन्छ |

सबै शबहरुको घाउ चोट हेर्दा एकै प्रकृतिको देखिन्छ । शरिर को माथिल्लो भागमा निर्घातरुपमा कुटपिट भएको देखिन्छ ।

भेरी नदीको किनारमा फेला परेको शब हरुको प्रकृति हेर्दा शरिरक विभिन्न भागमा गहिरो चोट भएको, हात बाधिएको, आखा फुटेको र पेट न फुलेको पानी नखाएको अवस्था देखिन्छ ।

घटनालाई हेर्दा कहिकतै पनि प्रतिकार भएको देखिदैन । केवल एकोहोरो कुटपिट भएको देखिन्छ । नदीको एक भंगाल तरेर गएका घाइतेहरुलाई पनि कुटपिट भएको देखिन्छ ।


No comments:

Post a Comment